ब्रह्माण्डका रहस्य खोज्न अन्तरिक्षमा पुग्यो नासाको रोमन टेलिस्कोप
ictsamachar.com

काठमाडौं । अन्तरिक्षका गूढ रहस्य पत्ता लगाउने उद्देश्यका साथ अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ‘रोमन स्पेस टेलिस्कोप’को सफल प्रक्षेपण गरेको छ । यो टेलिस्कोपले वैज्ञानिकहरूका लागि अझै रहस्यकै विषय रहेका ब्रह्माण्डीय संरचना र घटनाबारे अध्ययन गर्न महत्वपूर्ण सहयोग पुर्याउनेछ ।
कुनै एउटा खगोलीय पिण्डमा मात्र केन्द्रित हुनुको सट्टा अन्तरिक्षको विशाल क्षेत्रलाई एकैपटक सर्वेक्षण गर्न सक्ने गरी यसलाई डिजाइन गरिएको छ । रोमन टेलिस्कोपलाई फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट स्पेसएक्सको फाल्कन हेभी रकेटमार्फत प्रक्षेपण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)