उपत्यकामा ग्यास अभावको सास्ती: निगमले सार्वजनिक गर्यो बिक्री डिपो र फोन नम्बर
reportersnepal.com · Mon Sep 07 08:37:07 GMT 2026

काठमाडौँ। उपत्यकामा केही दिनदेखि खाना पकाउने एलपीजी ग्यासको चरम अभाव देखिएपछि सर्वसाधारण नागरिक पिल्सिन बाध्य भएका छन्। बजारमा सहजरूपमा ग्यास सिलिन्डर नपाउँदा उपत्यकाबासीले ठूलो सास्ती खेप्नुपरेको छ। एकातिर उपभोक्ताहरू ग्यासका लागि डिपो-डिपो चाहार्न बाध्य छन् भने अर्कोतिर सरकारले भने सीमा नाकाबाट ठूलो परिमाणमा ग्यास निरन्तर भित्रिइरहेको तथ्यांक पेश गरिरहेको छ।
सरकारी तथ्यांक र बजारको वास्तविकताबीच मेल नखाँदा उपभोक्तामा अन्योल र आक्रोश बढेको छ। यही अवस्थालाई मध्यनजर गर्दै ग्यास वितरण प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन नेपाल आयल निगमले तदारुकता देखाएको छ। बजारमा हुन सक्ने कालाबजारी र कृत्रिम अभावलाई रोक्दै वितरण प्रक्रियालाई सहज बनाउन निगमले ग्यास उद्योगी तथा विक्रेताहरूसँग समन्वय बढाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)