सरकारलाई खबरदारी गर्न सक्रिय बन्दै ‘पापड’
baahrakhari.com · Mon Jun 15 09:42:27 GMT 2026

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत संगठनहरूको सञ्जाल (पापड)लाई सक्रिय पारिने भएको छ । लामो संघर्षबाट प्राप्त लोकतन्त्र, गणतन्त्र, संघीयता, मानवअधिकार र समावेशी जस्ता उपलब्धि जोगाउन खबरदारीका लागि पापडलाई सक्रिय पारिने भएको हो । आइतबार नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा बसेको बैठकबाट पापड पदाधिकारी यस्तो निष्कर्षमा पुगेका हुन् ।
पापडमा नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासंघ, नेपाल इन्जिनियर्श एोिसिएसन, नेपाल चिकित्सक संघ, नेपाल शिक्षक संघ र नेपाल प्राध्यापक संघसहित आबद्ध छन् । पापड पदाधिकारीमा ती संस्थाका अध्यक्ष र महासचिव रहने व्यवस्था छ । हाल पापडको अध्यक्षमा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा छिन् । केही समयपछि पापडको नेतृत्व नेपाल बारले गर्दैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)