नेटोमाथि आक्रमण नगर्न रुसलाई अमेरिकाको चेतावनी
ratopati.com · Fri Aug 28 08:09:09 GMT 2026

मस्को । नेटो सदस्य राष्ट्रको भूभागमा आक्रमण नगर्न अमेरिकाले रुसलाई चेतावनी दिएको छ। अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सीआईए) का निर्देशक जोन र्याट्क्लिफले यसै साता रुसको मस्को भ्रमण गरेका थिए। भ्रमणका क्रममा र्याट्क्लिफले रुसलाई यस्तो चेतावनी दिएको बताइएको छ।
अमेरिकी सञ्चारमाध्यम सीएनएनसँग कुराकानी गरेका विषयबारे जानकार दुई व्यक्तिका अनुसार र्याट्क्लिफले मस्को भ्रमणका क्रममा रुसी अधिकारीहरूसँग विभिन्न विषयमा छलफल गरेका थिए। उनले रुसलाई इरानलाई दिँदै आएको आर्थिक तथा सैन्य सहयोग रोक्नसमेत आग्रह गरेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)