भोटेकोशी बाढीपछि शव खोजीमा थप १२ सय सैनिक परिचालन
aarthiknews.com

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता भएका नागरिकको खोजी तथा शव व्यवस्थापनमा ढिलाइ भएको भन्दै जनस्तरबाट गुनासो बढेपछि नेपाली सेनाले खोज तथा उद्धार अभियान थप तीव्र बनाएको छ । शव संकलन तथा बेपत्ताको खोजीमा ढिलाइ भएको गुनासोलाई गम्भीरताका साथ लिँदै सेनाले विशेष टोली परिचालन गरी शव संकलन तथा खोजी कार्यलाई तीव्रता दिएको हो।
बाढीले तल्लो तटीय क्षेत्रसम्म बगाएर ल्याएका शवको खोजी तथा संकलनका लागि रसुवादेखि चितवनसम्मको नदी तटीय क्षेत्रमा शुक्रबार थप १ हजार २०० सैनिक जनशक्ति परिचालन गरिएको नेपाली सेनाले जनाएको छ । सेनाले प्रभावित क्षेत्रका साथै त्रिशूली र नारायणी नदी किनारका सम्भावित स्थानमा टोलीगत रूपमा जनशक्ति परिचालन गरी शव खोजी तथा संकलन कार्यलाई उच्च प्राथमिकतामा राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)