राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेल
annapurnapost.com · Mon Sep 07 09:23:32 GMT 2026

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। राष्ट्रपति पौडेलले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्। राष्ट्रपति कार्यालयका प्रवक्ता एवं सहसचिव रितेशकुमार शाक्यले दिउँसो साढे ३ बजे राष्ट्रपति पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यसूची तय भएको अन्नपूर्णलाई जानकारी दिए।
राष्ट्रपति पौडेल यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गरी आजै काठमाडौं फर्किएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)