बुबाका साथीको घरबाट ७२ ग्राम सुन चोरेर प्रेमीलाई नयाँ बाइक किनिदिने कलेज छात्रा पक्राउ
barnanmedia.com · Mon Sep 07 09:22:11 GMT 2026

प्रेमीलाई महँगो बाइक उपहार दिने रहरले भारतको तमिलनाडु, कोइम्बटोरमा एक १९ वर्षीया युवतीलाई जेलको हावा खुवाएको छ। कलेज अध्ययनरत ती युवतीले आफ्ना प्रेमीका लागि नयाँ केटिएम बाइक किन्न आफ्नै बुबाका साथीको घरबाट ७२ ग्राम सुनका गहना चोरेको अनौठो घटना सार्वजनिक भएको छ।
प्रहरीका अनुसार १९ वर्षीया छात्रा आर. जोय प्रिन्सी आफ्ना बुबाका साथी एच. तमिलसेल्भनको घर पाहुना बनेर पुगेकी थिइन्। त्यही मौका छोपेर उनले कोठाको दराजमा राखिएको सुनका गहना सुटुक्क चोरेकी थिइन्। त्यसपछि उनले ती चोरीका गहना स्थानीय सुन पसलमा लगेर बेचिन् र प्राप्त रकम प्रेमीको हातमा सुम्पिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)