राहत वितरणमा पीडितको सम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह
gorkhapatraonline.com · Mon Sep 07 09:38:58 GMT 2026

समाज कल्याण परिषद्ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहयोगका क्रममा पीडितको आत्मसम्मान, मर्यादा र गोपनीयताको सम्मान गर्न सामाजिक संघसंस्था तथा सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ।
परिषद्ले भदौ १० गते नेपाल–चीन सीमास्थित भोटेकोशी–ल्हेन्दे खोलामा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत विभिन्न जिल्लामा प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा मानवीय सहयोग भइरहेको जनाएको छ।राहत तथा मानवीय सामग्री वितरण गर्दा सम्बन्धित आचारसंहिताको पूर्ण रूपमा पालना गर्न र पीडितको पीडा थपिने गरी उहाँहरूको अनुमति बिना फोटो तथा भिडियो नखिच्न परिषद्ले अनुरोध गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)