सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु
nepalnews.com · Mon Sep 07 09:46:52 GMT 2026

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–६ लाही टोलका एक युवकको आज बिहान चट्याङ लागेर मृत्यु भएको छ।
कोशी गाउँपालिका–६ का २६ वर्षीय पप्पु यादव आज बिहान भैंसी चराउन गएका बेला पानीसँगै परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल नं ४ गण हेडक्वाटर सुनसरीका प्रमुख शसस्त्र प्रहरी उपरीक्षक लवकुमार सापकोटाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)