बाढी प्रभावितलाई कांग्रेसको एक करोड सहयोग
arthasansar.com · Mon Sep 07 09:48:24 GMT 2026

भोटेकोशी बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग दिएको छ। पार्टीका नेता तथा कार्यकर्ताबाट संकलन गरिएको उक्त रकम महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको कांग्रेस नेताहरूको टोलीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर हस्तान्तरण गरे।
अर्थमन्त्रालय पुगेको उक्त टोलीमा महामन्त्री पौडेलसहित कोषाध्यक्ष उमेश श्रेष्ठ, प्रवक्ता देवराज चालिसे, प्रमुख सचेतक वासना थापा र रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यलगायतका नेताहरूको उपस्थिति थियो। विपद्को यस कठिन घड़ीमा पीडितहरूलाई तत्काल राहत वितरण, स्वास्थ्य उपचार र सुरक्षित बासस्थानको प्रबन्ध मिलाउन सरकारलाई सहज होस् भन्ने उद्देश्यले उक्त सहयोग उपलब्ध गराएको महामन्त्री पौडेलले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)