सेयर बजार १८ अंकले बढ्यो, नेप्से २५६० अंकमा
canadanepal.com · Mon Sep 07 09:48:48 GMT 2026

काठमाडौं - साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्से १८.०७ अंकले बढेर २५६० अंकमा पुगेको छ । योसँगै नेप्से लगातार चौथो कारोबार दिन पनि हरियो अंकमा बन्द भएको हो । अघिल्लो कारोबार दिन बजार ४.६६ अंकले बढेको थियो ।
सोमबार बजारमा उतारचढाव भने सामान्य रह्यो । दिनभर नेप्से न्यूनतम २५४२ अंकदेखि अधिकतम २५६५ अंकसम्म पुगेको थियो । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ । आइतबार ३ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ३ अर्ब ८३ करोड रुपैयाँ बराबरको कारोबार भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)