श्रम संस्कृतिले २०८७ सालको निर्वाचनमार्फत हर्कलाई प्रधानमन्त्री बनाउने, बहुमतका लागि संगठन विस्तार तीव्र
barnanmedia.com · Mon Sep 07 09:41:29 GMT 2026

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले अब आफ्नो मुख्य राजनीतिक लक्ष्य २०८७ सालको संघीय निर्वाचनमार्फत पार्टी अध्यक्ष साम्पाङलाई प्रधानमन्त्री बनाउने तय गरेको छ। पार्टीको कोशी प्रदेश सचिवालय बैठकले संघीय निर्वाचनमा बहुमत हासिल गर्ने गरी संगठन विस्तार गर्ने र त्यसपछि साम्पाङलाई देशको कार्यकारी प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको हो।
धरानमा खानेपानी अभियान र श्रम संस्कृतिको अवधारणाबाट चर्चामा आएका साम्पाङलाई राष्ट्रिय राजनीतिमा अझ बलियो रूपमा स्थापित गर्ने रणनीति पार्टीले अघि सारेको छ। पार्टीको विश्वास अनुसार साम्पाङलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सार्दा देशव्यापी रूपमा नयाँ जनलहर सिर्जना हुन सक्छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)