चट्याङ लागेर सुनसरीमा २६ वर्षीय युवकको मृत्यु
bishowkhabar.com · Mon Sep 07 09:53:27 GMT 2026

काठमाडौं– सुनसरीको कोशी गाउँपालिका–६, लाही टोलका एक युवकको सोमबार बिहान चट्याङ लागेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा कोशी गाउँपालिका–६ का २६ वर्षीय पप्पु यादव रहेका छन् । बिहान भैँसी चराउन गएका बेला पानीसँगै परेको चट्याङ लागेर यादवको घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेडक्वाटर सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक लवकुमार सापकोटाले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)