नेप्सेमा उत्साहजनक सुधार, परिसूचक १८ अंकले बढ्यो
kalakarmi.com · Mon Sep 07 09:58:24 GMT 2026

काठमाडौं- साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उत्साहजनक सुधार देखिएको छ। लगातारको उतारचढावबीच सोमबार बजारमा खरिदकर्ताको चाप बढेपछि नेप्से परिसूचक १८.०७ अङ्कले वृद्धि हुँदै २ हजार ५६०.८४ विन्दुमा पुगेर बन्द भएको हो।
सोमबार बजारमा कुल ३५२ वटा कम्पनी कारोबारमा सहभागी भएका थिए। ती कम्पनीका ९२ लाख ९८ हजार ९४ कित्ता सेयर कुल ५० हजार ८४४ पटक खरिदबिक्री भएका छन्। दिनभर भएको कारोबारबाट कुल ३ अर्ब ८३ करोड १५ लाख ८४ हजार ४२३ रुपैयाँ बराबरको कारोबार भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)