रसुवा बाढी : जलविद्युत् सुरुङभित्र १२१ जना मात्रै फसेको अनुमान, खोज तथा उद्धार जारी रहने
aarthiknews.com

काठमाडौं । भदौ १० गते रसुवामा आएको भीषण बाढीका क्रममा विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र १२१ जना मात्रै प्रवेश गरेको प्रारम्भिक तथ्य भेटिएको नेपाली सेनाले जनाएको छ। सबै सुरुङमा ‘ब्रेकथ्रु’ नभएसम्म खोज तथा उद्धार अभियान निरन्तर जारी रहने सेनाले स्पष्ट पारेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले सुरुङभित्र रहेका व्यक्तिको संख्या सम्बन्धी प्रारम्भिक विवरण सार्वजनिक गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)