बाढी प्रभावितलाई मनोसामाजिक परामर्श सञ्चालन गर्न नेकपाको माग
baahrakhari.com · Mon Sep 07 09:56:51 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार र औषधिको व्यवस्था गर्न तथा अस्थायी शिविरमा रहेका बालबालिका, विद्यार्थी र परिवारका सदस्य गुमाएका व्यक्तिका लागि मनोसामाजिक परामर्श सञ्चालन गर्न माग गरेको छ ।
विद्यालय सञ्चालनका लागि वैकल्पिक स्थान र अस्थायी संरचना निर्माण गरी पठनपाठन तत्काल सुचारु गर्नुपर्ने तथा आमाबाबु गुमाएका बालबालिकाको संरक्षण, बसोबास र स्नातक तहसम्मको शिक्षाको जिम्मेवारी सरकारले लिनुपर्ने नेकपाको पार्टी केन्द्रीय कार्यसंयोजन समितिको सोमबार बसेको बैठकले पारित गरेको प्रस्तावमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)