१९७४ एडीको अस्ट्रेलिया टुर घोषणा, सरकारको राहत कोषलाई एक लाख सहयोग
ratopati.com · Fri Aug 28 08:11:08 GMT 2026

काठमाडौँ । नेपाली चर्चित ब्यान्ड १९७४ एडीले करिब दुई दशकपछि आफ्नो लोकप्रिय कन्सर्ट सिरिज ‘रक यात्रा’ पुनः सुरु गर्ने भएको छ । ब्यान्डले यस पटक ‘रक यात्रा’लाई अन्तर्राष्ट्रिय टुरका रूपमा अघि बढाउँदै अस्ट्रेलियाका विभिन्न सहरमा प्रस्तुति दिने भएको हो ।