सिँचाइका लागि जडान भएका १० वटा ट्रान्सफर्मर चोरी
lokaantar.com

धनुषा तथा महोतरी जिल्लामा भूमिगत सिँचाइका लागि जडान भएको १० वटा डिपटयुवेलको ट्रान्सफर्मर चोरी हुँदा सिँचाइ सुविधा अवरुद्ध भएको छ ।
मधेस प्रदेश जलस्रोत तथा भूमिगत सिँचाइ विकास डिभिजन कार्यालयका निमित प्रमुख एवं इञ्जिनियर अमलेश यादवका अनुसार धनुषा जिल्लाको औरही वडा नं १ को पौडेश्वर, औरही वडा नं २ को परवाहा, नगराइनको फूलगामा तथा महोतरीको पिपरा गाउँपालिकाको बनौली, मटिहानीको धिरापुर, मनरासिस्वाको सरपल्लो, बर्दिवासको पशुपतिनगर, जलेश्वरको पिगौना तथा वलवा नगरपालिकाको वडा नं –११ मा ती ट्रान्सफर्मर चोरी भएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)