सूचना प्रविधिमा लगानी र डिजिटल पूर्वाधार विस्तार उच्च प्राथमिकतामा : सञ्चारमन्त्री
barnanmedia.com · Fri May 22 15:18:59 GMT 2026

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले फोरजी सेवा विस्तार, डिजिटल पूर्वाधार निर्माण, डेटा सेन्टर सुदृढीकरण तथा साइबर सुरक्षामा लगानीका विषय सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।
संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा बोल्दै मन्त्री तिमिल्सिनाले नेपालमा डिजिटल पूर्वाधार विस्तार, दूरसञ्चार सेवाको गुणस्तर, साइबर सुरक्षा, डिजिटल अर्थतन्त्र, सूचना प्रविधि क्षेत्रमा लगानी, मिडिया तथा विज्ञापन नीतिलगायत समसामयिक विषयबारे जानकारी गराए । सरकारले डिजिटल विभाजन अन्त्य गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले त्यसका लागि तत्कालीन, मध्यमकालीन र दीर्घकालीन योजना अघि बढिरहेको स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)