नेपालमा अटोमोबाइलसँगै फस्टाउँदै टायरको बजार, टायर किन्दा के-केमा ध्यान दिने ?
kendrabindu.com · Fri Aug 28 08:13:32 GMT 2026

काठमाडौं । जारी नाडा अटो शो २०२६ मा नयाँ तथा विद्युतीय सवारीसाधनप्रति उपभोक्ताको आकर्षण बढिरहेका बेला सवारीसाधनमा प्रयोग हुने टायरप्रति पनि चासो बढेको छ । टायर सवारीसाधनलाई सडकसँग प्रत्यक्ष जोड्ने महत्वपूर्ण हिस्सा हो । मोटरसाइकलदेखि कार, बस, ट्रक र हेभी इक्विपमेन्टसम्म कुनै पनि सवारीसाधन टायरबिना सञ्चालन हुन सक्दैन । यही कारण टायरलाई सवारीसाधनको अत्यावश्यक तथा निरन्तर खपत हुने वस्तुका रूपमा लिइन्छ ।
पछिल्लो समय नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएसँगै टायरको मागसमेत विस्तार हुँदै गएको छ । यसैकारण पनि नेपाली अटोबजारमा सवारीसँगै टायर व्यवसाय फस्टाउँदो गतिमा रहेको व्यवसायी बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)