‘केरुङ नाकाबाट ल्याइएका ४ सय कन्टेनर हराए, १ हजार कामदार पनि सम्पर्कमा छैनन्’
nepalpress.com · Fri Aug 28 08:13:45 GMT 2026

काठमाडौं । सिन्धुपाल्चोकका ईश्वर गुभाजु र झापाका भरत कोइरालासहितको समूह विगत २० वर्षदेखि चिनियाँ बजारबाट विभिन्न सामान ढुवानीको व्यवसायमा संलग्न छ । काठमाडौंको न्यूरोडमा अफिस खोलेर काम गर्ने उक्त समूहसँग एक दर्जनभन्दा बढी कन्टेनर र ३० भन्दा बढी जनशक्ति प्रत्यक्ष रोजगारीमा थिए ।
बुधबारको भोटेकोशी बाढीपछि उनीहरूका कुनै पनि कन्टेनर फिर्ता आएका छैनन् । ३० मध्ये १८ कामदार सम्पर्कबाहिर छन् । सामान बोकेर तिब्बतबाट नेपाल प्रवेश गरेका दुई कन्टे नर रसुवा बाढीमा बगेको सूचना उनीहरूसँग छ । खाली अवस्थाका तीन कन्टेनर पनि बगे । ती कन्टेनरभित्रका रहेका चालक र सहचालकलाई पनि बाढीले बगायो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)