लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत
canadanepal.com · Fri May 22 15:36:24 GMT 2026

काठमाडौं-लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।
प्रदेश सरकार मन्त्रिपरिषाद्को आजको बैठकले वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिए । सरकारले यही जेठ ११ गते नीति तथा कार्यक्रम प्रदेशसभाको बैठकमा प्रस्तुत गर्ने तयारी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)