झापामा जापानिज इन्सेफ्लाइटिसबाट ६ जनाको मृत्यु, करिब ५ लाख नागरिकलाई खोप लगाइने
annapurnapost.com · Mon Sep 07 10:32:49 GMT 2026

झापा :झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरोको संक्रमण र मृत्युदर बढेपछि करिब पाँच लाख नागरिकलाई जेईविरुद्धको खोप लगाउने तयारी गरिएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लामा जेई संक्रमित १२ जनामध्ये चार महिला र दुई पुरुष गरी ६ जनाको मृत्यु भएपछि उच्च सतर्कता अपनाउँदै आगामी असोज ५ गतेदेखि खोप अभियान सञ्चालन गर्न लागिएको हो ।
त्यसका लागि आवश्यक खोपको भण्डारण तथा व्यवस्थापनको काम अघि बढाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । खोप अभियानअन्तर्गत १५ वटै पालिकाका ३० वर्षमाथिका करिब ४ लाख ९३ हजार ३१९ जना नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख ब्रिजकुमार दासले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)