रसुवाको आकाशमा लाइफलाइन बनेको 'ड्रोन' (तस्बिरहरू)
baahrakhari.com · Mon Sep 07 10:40:00 GMT 2026

काठमाडौं । भोटेकोसी बाढीले सडक सञ्जाल चुँडिएपछि रसुवाका विकट बस्तीहरूमा यतिबेला धुन्चेलाई 'हब' बनाएर ड्रोनमार्फत राहत वितरण भइरहेको छ । अपर हाकु, लोअर हाकु र त्यहाँको प्रहरी चौकीसम्म ड्रोनले औषधि, स्यानिटरी प्याड, बालबालिकाका सामग्री, खाद्यान्न र इन्धन पुर्याइरहेको छ । सञ्चारका लागि सामानसँगै वाकीटकीसमेत पठाउने गरिएको छ ।
खराब मौसम र हेलिकोप्टरको बाक्लो आवतजावतले ड्रोन उडान चुनौतीपूर्ण छ । दुर्घटनाबाट बच्न पाइलट र टावरसँग निरन्तर समन्वय गर्नुपर्ने बाध्यता छ । अर्कोतर्फ, सडक अवरुद्ध हुँदा बेत्रावतीमा करिब ८,४६५ केजी राहत सामग्री गन्तव्यमा पुग्न नसकेर अलपत्र परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)