नयाँ ईडीएलभीआरएस प्रणालीबाट ४ अर्ब ९२ करोड राजस्व संकलन
bishowkhabar.com · Mon Sep 07 10:50:11 GMT 2026

काठमाडौं– यातायात व्यवस्था विभागले साउन १ देखि लागू गरेको नयाँ ईडीएलभीआरएस प्रणालीमार्फत भदौ १६ सम्म ४ अर्ब ९२ करोड ५ लाख ५२ हजार ५१२ रुपैयाँ राजस्व संकलन गरेको छ । यस अवधिमा १ लाख ३४ हजार ४९६ सेवाग्राहीले सेवा लिएका छन् ।
विभागका अनुसार २१ हजार ५५७ जनाले नयाँ लाइसेन्स, ७ हजार ३५४ जनाले वर्ग थप, ३३ हजार १६९ जनाले नवीकरण र ७२ हजार ४१६ जनाले विवरण संशोधन सेवा लिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)