नेपाल सरकार र एडीबीबीच दुई सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर
barnanmedia.com · Mon Jul 06 21:15:00 GMT 2026

नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच खानेपानी, ढल व्यवस्थापन तथा भन्सार र लजिस्टिक्स सुधारका लागि कुल १६५ मिलियन अमेरिकी डलर (करिब २२ अर्ब रुपैयाँभन्दा बढी) बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ।
अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एडीबीका अध्यक्ष मासातो कान्डाको उपस्थितिमा दुईवटा ऋण सम्झौतामा हस्ताक्षर भएको हो। नेपालको तर्फबाट अर्थसचिव डा. घनश्याम उपाध्याय र एडीबीको नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आनो कुश्वाले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)