पानीका मुहान सुक्दै गएपछि काभ्रेका स्थानीय तहमा पुनर्भरण अभियान
nepalpress.com · Mon Sep 07 10:54:56 GMT 2026

काभ्रेपलाञ्चोक । पछिल्ला केही वर्षदेखि काभ्रेपलाञ्चोकका अधिकांश स्थानीय तहमा खानेपानीको मुहान सुक्दै गएको तथ्याङ्कले देखाएको छ । बाढीपहिरो, वन फँडानी, जथाभावी पूर्वाधार विकास, भूकम्प, जलवायु परिवर्तनलगायतका कारण जिल्लाको १३ स्थानीय तहमध्ये सात तहमा गरिएको सर्वेक्षणमा पानीको मूल र मुहान सुक्दै गएको सरोकालवाला निकायले जनाएका छन् ।
पानीको मूल र मुहान सुक्दै जाँदा स्थानीयले पानी खोज्दै टाढा–टाढा धाउनुपर्ने, वर्षाको पानी सङ्कलन गर्नुपर्ने र बसाइँसराइसमेतका समस्या झेल्नुपर्ने देखिएपछि काभे्रपलाञ्चोकका स्थानीय तहहरु पानी–पुनर्भरणतर्फ उन्मुख भएका हुन् । यसका लागि रोशी गाउँपालिकाले योजनाबद्ध रुपमा कार्य अघि बढाइसकेको छ भने बेथानचोक गाउँपालिकाले आफ्ना पानीको स्रोत पहिचान गरी योजना बनाउने तरखरमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)