खाजा खाने विषयमा विवाद हुँदा कुटाकुट, भिडियो भाइरल भएपछि पोखरामा चार जना पक्राउ
ratopati.com · Fri May 22 16:13:22 GMT 2026

कास्की । काठमाडौँ पोखरा महानगरपालिकाको नयाँबजारमा सार्वजनिक स्थानमा एक आपसमा झै–झगडा गर्ने चार जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ। सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको हो।
बिहीबार दिउँसो कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ९ नयाँबजारस्थित सडकमा दुई जना व्यक्तिहरू एक आपसमा झै–झगडा गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। उक्त भिडियो बाहिरिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले घटनाको सम्बन्धमा अनुसन्धान तथा खोजतलास तीव्र पारेको थियो। खोजतलासकै क्रममा जिल्ला प्रहरी कार्यालय मातहतको वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले झै–झगडामा संलग्न चार जनालाई जेठ ८ गते पोखरा महानगरपालिका वडा नम्बर ९ पृथ्वीचोकबाट नियन्त्रणमा लिन सफल भयो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)