नर्वेका राजा हाराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन
ratopati.com · Fri Aug 28 08:17:03 GMT 2026

ओस्लो । नर्वेका राजा हाराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन भएको छ । ३५ वर्षसम्म नर्वेको राजगद्दी सम्हालेका हाराल्डको शुक्रबार बिहान ६ बजेर ३५ मिनेटपछि निधन भएको नर्वेली राजपरिवारले जनाएको छ । राजा हाराल्डको निधनपछि उनका छोरा हाकोनले नर्वेको राजगद्दी सम्हाल्नेछन् । हाराल्डकी पत्नी रानी सोन्या, दुई सन्तान र पाँच नातिनातिना छन् ।
हाराल्ड सन् १९९१ मा ५३ वर्षको उमेरमा नर्वेका राजा बनेका थिए । उनले आधुनिक नर्वेली राजसंस्थाको प्रतिनिधित्व गर्ने राजाका रूपमा लामो समयसम्म लोकप्रियता हासिल गरेका थिए । राजा बनेपछि हाराल्ड र उनकी पत्नी सोन्याले आफ्नो इच्छाअनुसार परम्परागत राज्याभिषेकको सट्टा अभिषेक समारोह आयोजना गरेका थिए । सन् १९९१ जुन २३ मा मध्य नर्वेको ट्रोनहाइमस्थित निडारोस क्याथेड्रलमा भएको समारोहमा मध्ययुगीन समयदेखि चलिआएका विभिन्न परम्परा समावेश थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)