चीनले तिब्बतमा फेरि सुरु गर्यो उद्धार कार्य
ratopati.com · Fri Aug 28 08:16:52 GMT 2026

काठमाडौँ । चीनले तिब्बतमा बाढी प्रभावितहरूको उद्धार कार्य फेरि थालेको छ । चीनको सरकारी टिभी सीसीटीभीलाई उद्धृत गर्दै बीबीसीले छापेको समाचार अनुसार पानी थुनिएर बनेको तालबाट पानी तलतिर झर्न रोकिएपछि उद्धार कार्य सुचारु गरिएको हो ।
यसअघि भने चीनले तालबाट बाढीको जोखिम बढेको भन्दै तीन घण्टा जति उद्धार कार्य रोकेको थियो । भोटेकोशीमा आएको बाढीका कारण तिब्बतको सीमावर्ती क्षेत्रमा ५५० भन्दा धेरै मानिस हराइरहेको बताइएको छ । यीमध्ये २६० जना कैलाश मानसरोवर जान लागेको तीर्थयात्री भएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)