ग्यास अभावका ३ तस्बिर
sutranews.com · Mon Sep 07 11:09:05 GMT 2026

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर खाना पकाउने एलपी ग्यासको चरम अभाव छ । ग्यास अभावका कारण काठमाडौं उपत्यकामा रहेका सर्वसाधारणको दैनिकी जीवन नै कष्टप्रद बन्दै गएको छ । रित्ता ग्यासका सिलिन्डर बोकेर उपभोक्त डिलर र बिक्रेताका धाउँदासमेत ग्यास पाएका छैनन् । सरकारले दैनिक ग्यास काठमाडौं भित्रिएको दाबी गरे पनि उपभोक्ताले सहजै पाउन सकेका छैनन् । सोही क्रममा सोमबार अनामनगरस्थित नेपाल ग्यास डिपोबाट ग्यास लिन सर्वसाधारणको भिड लागेको थियो । खाली सिलिन्डरको लामो लाइन थियो । केहीले ग्यास पाएपछि हर्षित हुँदै बोकेर हिँडेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)