सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु
barnanmedia.com · Mon Sep 07 11:13:51 GMT 2026

सुनसरीको कोशी गाउँपालिका–६ लाही टोलका एक युवकको आज बिहान चट्याङ लागेर मृत्यु भएको छ ।
कोशी गाउँपालिका–६ का २६ वर्षीय पप्पु यादव आज बिहान भैँसी चराउन गएकाबेला पानीसँगै परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल नं ४ गण हेडक्वाटर सुनसरीका प्रमुख शसस्त्र प्रहरी उपरीक्षक लवकुमार सापकोटाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)