होटेल फरेस्ट इनको रेटिङ यथावत्, आईपीओपछि ऋणभार घटे पनि कम्पनी अझै घाटामा
aarthiknews.com

काठमाडौं । आईपीओमार्फत करिब ४० करोड रुपैयाँ जुटाएर ऋणभार घटाउन सफल भए पनि होटेल फरेस्ट इनको वित्तीय अवस्था अझै दबाबमै देखिएको छ। रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीको ‘आईआरएन बीबी माइनस’ रेटिङ पुनः पुष्टि गर्दै सञ्चालन आम्दानी बढे पनि उच्च ब्याज खर्चका कारण कम्पनीको घाटा थप बढेको जनाएको छ।
इन्फोमेरिक्सले होटेल फरेस्ट इनको दीर्घकालीन बैंक कर्जाको रेटिङ ‘आईआरएन बीबी माइनस’ र अल्पकालीन बैंक कर्जाको रेटिङ ‘आईआरएन ए४’ पनि यथावत् राखेको छ। ‘आईआरएन बीबी माइनस’ रेटिङ प्राप्त गर्ने संस्थामा वित्तीय दायित्व समयमै भुक्तानी गर्ने क्षमतामा मध्यम जोखिम रहने रेटिङ एजेन्सीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)