बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा
gorkhapatraonline.com · Mon Sep 07 11:36:06 GMT 2026

मकवानपुर, भदौ २२ गते । मकवानपुरको बकैया गाउँपालिका वडा नं. १२ स्थित धारापानीमा एक जना मृत अवस्थामा फेला परेका छन् । ३५ वर्षीय राज कुमार खत्री आफ्नै घरमा सुत्ने कोठामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
खत्रीलाई मृत फेला पारेसँगै पाँच जनालाई अनुसन्धानका लागि लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिनुभयो । गत शुक्रबार दिउँसो खत्री मृत अवस्थामा रहेको खबरपछि इलाका प्रहरी कार्यालय ठिंगन मकवानपुरबाट प्रहरी निरीक्षक सुशान्त मिश्र नेतृत्वको प्रहरी टोलीले घटनास्थल सुरक्षित राखेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)