भिडियो बनाउने क्रममा नदीमा खसिन् किशोरी
sutranews.com · Mon Sep 07 11:36:42 GMT 2026

कञ्चनपुर । कञ्चनपुरमा भिडियो बनाउने क्रममा एक किशोरी महाकाली नदीमा खसेकी छन् । दोधाराचाँदनी नगरपालिका१०, खड्खदेनजिक भिडियो बनाउने क्रममा १५ वर्षीया सृष्टि सुनार महाकाली नदीमा खसेर बेपत्ता भएकी प्रहरीले जनाएको छ । नदीमा खसेको खबरपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।उनी नदीमा खसेको भिडियोसमेत सार्वजनिक भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)