हराएको सिमकार्डको दुरुपयोग गरी २४ लाखभन्दा बढी ठगी, २ जना पक्राउ
ictsamachar.com

काठमाडौं । सिमकार्डको दुरूपयोग गरी ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका १ सृजनानगर बस्ने सिन्धुली फिक्कल गाउँपालिका ४ घर भएका २६ वर्षीय रोशन पहाडी र ललितपुर महानगरपालिका १३ बस्ने डडेल्धुरा अमरगढी नगरपालिका ८ घर भएका २५ वर्षीय सुभाष ओझा रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रोशनलाई भक्तपुर नगरपालिका १ सल्लाघारीबाट र सुभाषलाई ललितपुर महानगरपालिका १४ एकान्तकुनाबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा २०७० साल असोज २ मा कान्छी लामाको नाममा ९८१८०९१८७१ नम्बरको सिमकार्ड जारी भएको थियो जुन दुरूपयोग भएको पाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)