१५ प्रतिशतले बढ्यो व्यापार घाटा
nepalnews.com · Fri May 22 17:11:03 GMT 2026

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालको व्यापार घाटा करिब १५ प्रतिशतले बढेको छ।
भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको २०८२/८३ आर्थिक वर्षको पहिलो १० महिनाको वैदेशिक व्यापार तथ्यांकअनुसार कुल व्यापार घाटा १४ खर्ब ४३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँको तुलनामा १४.९२ प्रतिशतले बढी हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)