खानेपानीको मूल सुक्दै गएपछि पुनर्भरण कार्यक्रम
nepalnews.com · Mon Sep 07 11:54:20 GMT 2026

काभ्रेपलाञ्चोक । पछिल्ला केही वर्षदेखि काभ्रेपलाञ्चोकका अधिकांश स्थानीय तहमा खानेपानीको मुहान सुक्दै गएको तथ्याङ्कले देखाएको छ। बाढी पहिरो, वन फँडानी, जथाभावी पूर्वाधार विकास, भूकम्प, जलवायु परिवर्तनलगायतका कारण जिल्लाको १३ स्थानीय तहमध्ये सात तहमा गरिएको सर्वेक्षणमा पानीको मूल र मुहान सुक्दै गएको सरोकालवाला निकायले जनाएका छन्।
पानीको मूल र मुहान सुक्दै जाँदा स्थानीयले पानी खोज्दै टाढा–टाढा धाउनु पर्ने, वर्षाको पानी संकलन गर्नुपर्ने र बसाइँसराइ समेतका समस्या झेल्नुपर्ने देखिएपछि काभ्रेपलाञ्चोकका स्थानीय तहहरु पानी–पुनर्भरणतर्फ उन्मुख भएका हुन्। यसका लागि रोशी गाउँपालिकाले योजनाबद्ध रुपमा कार्य अघि बढाइसकेको छ भने बेथानचोक गाउँपालिकाले आफ्ना पानीको स्रोत पहिचान गरी योजना बनाउने तरखरमा छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)