कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक बस्दै
baahrakhari.com · Mon Sep 07 12:01:10 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक मंगलबार (भदौ २३) गते बस्ने भएको छ ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको समितिका सदस्यसचिव राजु कटुवालले बताए । बैठकमा निर्वाचनसम्बन्धी आगामी रणनीति तथा आवश्यक तयारीका विषयमा छलफल हुने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)