मनास्लु पदमार्गमा सुचारु गर्न अल्पकालीन वैकल्पिक बाटो बनाउँदै स्थानीय
annapurnapost.com · Mon Sep 07 12:06:16 GMT 2026

गोरखा : बाढीले पुल बगाएपछि अनिश्चितकालका लागि अवरुद्ध बनेको मनास्लु पदमार्ग सुचारु गर्न स्थानीयले अल्पकालीन वैकल्पिक बाटो बनाउन थालेका छन्।
चुमनुब्री गाउँपालिका–४ नामरुङफेदी, सुक्समस्थित पुल बूढीगण्डकीले बगाएपछि अवरुद्ध बनेको पदमार्ग सुचारु गर्न स्थानीयले अल्पकालीन विकल्प खोजेका हुन् । थेराङ खोलाको बाढीले बूढीगण्डकीमा पानीको बहाव बढ्न गई नाम्रुङ खण्डमा दुईवटा झोलुङ्गे पुल बगाएपछि अवरुद्ध बनेको मनास्लु–लार्के पास पदमार्ग वैकल्पिक व्यवस्था गरी सञ्चालनमा ल्याउन स्थानीय स्तरमा पहल गरिएको वडाअध्यक्ष पेमा ग्याल्बो लामाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)