बाढीपछि लयमा फर्किंदै नेपाली चलचित्र क्षेत्र
barnanmedia.com · Mon Sep 07 12:17:51 GMT 2026

काठमाडौँ, २२ भदौः भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीका कारण प्रभावित बनेको नेपाली चलचित्र क्षेत्र जनजीवन सामान्य बन्दै गएसँगै पुनः लयमा फर्कन थालेको छ । विपद्का कारण केही चलचित्रहरूले आफ्नो प्रदर्शन मिति सारे पनि केहीले प्रदर्शन र प्रचार–प्रसारलाई यथावत् राख्दै सिनेमा बजारलाई चलायमान बनाइरहेको अवस्थामा पुनः लयमा फर्की चलचित्र क्षेत्र गतिशील भएको हो ।
यसै क्रममा आइतबार नयाँ नेपाली चलचित्र ‘बेहुली’ले आफ्नो आधिकारिक ‘ट्रेलर’ सार्वजनिक गरेको छ । ‘ट्रेलर’ सार्वजनिक कार्यक्रममार्फत निर्माता अर्जुन पोखरेलले चलचित्रको कुल व्यावसायिक कमाईबाट निर्माताको हिस्सामा पर्ने रकमको पाँच प्रतिशत बाढी प्रभावितका लागि राहतस्वरूप ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा प्रदान गर्ने घोषणा गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)