सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द
ratopati.com · Mon Sep 07 12:34:12 GMT 2026

सोलुखुम्बु । सोलुखुम्बुको सिद्धिचरण राजमार्ग अन्तर्गत साल्मे खण्डमा पहिरोको उच्च जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालयले रात्रिकालीन समयमा सवारी आवागमनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले सोमबार एक सूचना जारी गर्दै सोलु दुधकुण्ड नगरपालिका वडा नं.११ स्थित साल्मे खण्डमा आजैदेखि लागू हुने गरी अर्को सूचना नभएसम्मका लागि बेलुकी ६ बजेदेखि बिहान ५ बजेसम्म सडक पूर्ण रूपमा बन्द रहने जनाएको हो।
उक्त स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको र निरन्तर पहिरो झरिरहने खतरा अझै कायमै रहेको प्रशासन कार्यालयले जनाएको छ। हाल सो सडक खण्डमा एकतर्फी मात्रै यातायात सञ्चालन भइरहेको छ। रातको समयमा यात्रा गर्दा थप जोखिम हुने भएकाले पैदल यात्री तथा सम्पूर्ण सवारी साधनहरूको आवतजावतमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र सुवेदीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)