गाजासम्बन्धी मुद्दामा जर्मनीको चुनौती
ratopati.com · Mon Sep 07 12:35:06 GMT 2026

काठमाडाैँ । गाजामा इजरायलको सैन्य अभियानलाई हतियार तथा सैन्य सहयोगमार्फत सघाएको आरोपमा निकारागुआले जर्मनीविरुद्ध दायर गरेको मुद्दामा बर्लिनले सोमबार संयुक्त राष्ट्रसङ्घको सर्वोच्च अदालतमा आफ्नो प्रतिरक्षा प्रस्तुत गर्ने भएको छ।
अन्तर्राष्ट्रिय अदालत (आइसिजे) मा निकारागुआले जर्मनीमाथि सन् १९४८ को नरसंहारसम्बन्धी महासन्धि र अन्तर्राष्ट्रिय मानवीय कानून उल्लङ्घन गरेको आरोप लगाएको छ। जर्मनीले भने आरोप अस्वीकार गर्दै आएको छ । कानूनी टोलीकी प्रमुख तानिया भोन उस्लर–ग्लीचेनले निकारागुआका दाबी तथ्य र कानून दुवैमा आधारहीन रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)