भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन, तस्बिरहरू
ratopati.com · Mon Sep 07 12:51:50 GMT 2026

काठमाडौँ। रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ताको शीघ्र उद्धार र सकुशलताको कामना गर्दै नेपाल पर्यटन बोर्डमा सोमबार साँझ दीप प्रज्वलन गरिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’को उपस्थितिमा आयोजित कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने, विपद् व्यवस्थापन संयोजक हिक्मतसिंह ऐर, नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, बोर्डका पदाधिकारीहरू, पर्यटक प्रहरीका अधिकारी तथा पर्यटन क्षेत्रका विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र पर्यटन व्यवसायीको सहभागिता थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)