टेलिकमका कर्मचारीहरूद्वारा बाढी पीडितहरुका लागि २ करोड २ लाख सहयोग
corporatenepal.com · Mon Sep 07 12:49:51 GMT 2026

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित विभिन्न जिल्लाका नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल टेलिकममा हाल कार्यरत सम्पूर्ण कर्मचारीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २,०२,२६,०६६।– (दुई करोड दुई लाख छब्बिस हजार छैसठ्ठी रुपियाँ ) सहयोग रकम हस्तान्तरण गरिएको छ ।
आज नेपाल टेलिकमका सम्पूर्ण कर्मचारीहरूको तर्फबाट एक कार्यक्रमका बीच प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले उक्त सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)