गाँजा बरामद भएको भ्यानबाट अस्पतालको स्टिकर हटाएको आरोपमा स्ववियु सभापति पक्राउ
annapurnapost.com · Mon Sep 07 12:49:27 GMT 2026

विराटनगर : गाँजा बरामद भएको भ्यानबाट प्रमाणसँग सम्बन्धित सामग्री हटाउन खोजेको आरोपमा विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्ववियु सभापति रोहित यादव पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय रानीको परिसरमा राखिएको भ्यानबाट अस्पतालको स्टिकर निकालिएको घटनामा संलग्न रहेको आरोपमा यादवलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो। कार्यालय परिसरमा जडान गरिएको सीसी क्यामराको फुटेजका आधारमा यादवले अनधिकृत रूपमा प्रवेश गरी भ्यानबाट स्टिकर निकाल्ने प्रयास गरेको देखिएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)