लेट सुशील केडिया स्पोर्ट्स गाला सम्पन्न, क्रिकेट तर्फको उपाधि डीएभी ब्लूलाई
ratopati.com · Mon Sep 07 12:55:24 GMT 2026
काठमाडौँ । दोस्रो संस्करणको ‘लेट सुशील केडिया स्पोर्ट्स गाला’ सम्पन्न भएको छ। ललितपुरको जावलाखेलस्थित डीएभी सुशील केडिया विश्वभारती विद्यालयमा यही भदौ १ गतेदेखि सुरु भएको प्रतियोगिता सोमबार सम्पन्न भएको हो।
स्पोर्ट्स गालामा ९८ विद्यालयका १ हजार २० खेलाडीले विभिन्न खेलमा सहभागिता जनाएका थिए । क्रिकेट तर्फको आठौँ सुशील केडिया मेमोरियल कपको उपाधि डीएभी ब्लूले जितेको छ। फाइनलमा डीएभी ब्लूले डीएभी येलोलाई ३० रनले पराजित गर्दै उपाधि जितेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)