नेपाल भलिबल लिग : अन्नपूर्णको दोस्रो जित, मधेशको लगातार तेस्रो हार
annapurnapost.com · Mon Sep 07 13:01:14 GMT 2026
काठमाडौं : नेपाल भलिबल लिग (एनभीएल) को चौथो दिनको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किङ्सले मधेश वारियर्सलाई पराजित गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएको खेलमा अन्नपूर्णले मधेशलाई ३–१ को सेटमा पराजित गरेको हो। अन्नपूर्णले मधेश वारियर्सलाई २५–१६, ३१–२९, २५–२२ र २५–२१ को सेटमा पराजित गर्यो।
अन्नपूर्णका उरनबायर ‘म्यान अफ द म्याच’ घोषित भए । उनी लगातार दोश्रो पटक ‘म्यान अफ द म्याच’ बनेका हुन् । काठमाडौं रेड्स विरुद्ध पनि उनी ‘म्यान अफ द म्याच’ बनेका थिए। ३ खेलमा अन्नपूर्णको दोश्रो जित हो । आफ्नो दोश्रो खेलमा अन्नपूर्णले काठमाडौं रेड्सलाई ३–० को सोझो सेटमा हराएको थियो । पहिलो खेलमा अन्नपूर्ण कर्णाली शिवराजसंग ३–१ ले चुकेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)