चीनको सिजाङ सीमानाकामा तीन जनाको मृत्यु, ५५८ बेपत्ता
hamrakura.com · Thu Aug 27 00:00:00 GMT 2026

काठमाडौँ । चीनको दक्षिण–पश्चिम सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित नेपाल–चीन सीमा नाकामा गएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने ५ सय ५८ जना अझै बेपत्ता छन्।
स्थानीय अधिकारीहरूले बिहीवार बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार पहिरोमा परेका दुई जना स्थानीय बासिन्दालाई भने सकुशल उद्धार गरिएको छ। जिरोङ (केरुङ) काउन्टीस्थित सीमा नाकामा बुधवार बिहान पहिरो गएको हो। आधिकारिक जानकारीअनुसार उक्त पहिरो नेपाली भू–भागबाट सुरु भई सीमावर्ती नाका क्षेत्रमा ठोक्किएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)