‘पेन्सन पट्टा’को ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक
kendrabindu.com · Mon Sep 07 13:06:18 GMT 2026

काठमाडौं । भदौ २६ गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘पेन्सन पट्टा’ को दोस्रो गीत ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक गरिएको छ । प्रेम र मायाको भावनालाई केन्द्रमा राखिएको गीत आइतबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।
सुरज तामुको शब्द तथा संगीत रहेको गीतमा सुजसँगै शान्ति श्री परियारको स्वर रहेको छ भने मनोज थापा मगरले संगीत संयोजन गरेका छन् । मौलिक स्वादको गीतमा प्रेमलाई सम्झनलायक र भावनात्मक रूपमा प्रस्तुत गरिएको छ । गीतको भिडियोमा अभिनेता मनोज गुरुङ र अनुशा राईको अभिनय देख्न सकिन्छ । फिल्मको कथावस्तुसँग जोडिने गरी सार्वजनिक गरिएको गीतले ‘पेन्सन पट्टा’मा रहेको प्रेम र सम्बन्धको पक्षलाई समेत संकेत गर्छ । बाहिरबाट लाहुरे जीवन पेन्सन, प्रतिष्ठा र सुख–सुविधासँग जोडिए पनि त्यसको भित्री जीवनमा रहेका पारिवारिक सम्बन्ध, प्रेम, त्याग, विछोड र भावनात्मक संघर्ष फिल्मको कथाको महत्वपूर्ण हिस्सा रहेको निर्माण पक्षले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)